समाज


‘सोमबारदेखि देशका सबै नदी सामान्य हुने, विस्थापितहरू फर्कन सक्ने’

‘सोमबारदेखि देशका सबै नदी सामान्य हुने, विस्थापितहरू फर्कन सक्ने’

नेपालखबर
असार २९, २०७६ आइतबार ३:५३,

वर्षाको मात्रा घटेसँगै देशभरका खोला नदीको बहाव पनि कम हुँदै गएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

तर आज (आइतबार) थप वर्षा हुने हुँदा प्रदेश १, २ र ३ को चुरेबाट बहने ससाना नदी खोलाहरूमा भने आकस्मिक बाढी आउन सक्ने महाशाखाले जनाएको छ।

प्रमुख तथा मझौला नदीका जलसतह भने सतर्कता तहभन्दा तलै रहने महाशाखाले आइतबार जारी गरेको सूचना उल्लेख छ।

उसले भनेको छ- भोलि (सोमबार)बाट देशैभरका नदीमा अवस्था सामान्यीकरण हुने देखिएकाले विस्थापित समुदाय आआफ्नो टोल-समुदायमा फर्कन सक्नुहुने।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad