गएको २४ घण्टामा भारतमा कोरोना भाइरसका झण्डै १६ हजार नयाँ संक्रमित थपिएका छन्।
वल्र्डओमिटरका अनुसार गएको २४ घण्टामा भारतमा १५ हजार नौ सय १५ जनामा संक्रण पुष्टि भएको हो।
यो संख्या भारतमा एकै दिन देखिएको अहिलेसम्मकै सबैभन्दा धेरै हो। संक्रमणको कारण शनिबार भारतमा तीन सय सात जनाले ज्यान गुमाएका छन्।
भारतमा अहिलेसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १३ हजार दुई सय ७७ पुगेको छ। भारत संक्रमितको संख्या चार लाख ११ हजार सात सय २७ पुगेको छ। यो आइतबार बिहान ६ बजेसम्मको तथ्यांक हो।
भारतमा तीन साताअघि लकडाउन खुकुलो बनाएसँगै कोरोना संक्रमितको संख्या तीब्र गतिमा बढ्न थालेको छ। भारतमा शुक्रबार १४ हजार सात सय ७२ जनामा संक्रण पुष्टि भएको थियो भने तीन सय ६६ जनाले ज्यान गुमाएका थिए।
3
Shares

प्रतिक्रिया