गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या पाँच सय चार पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।
नयाँ संक्रमित बाग्लुङ, पर्वत, तनहुँ र म्याग्दीका छन्। बाग्लुङमा नौ जना, म्याग्दीमा चार, पर्वतमा दुई र तनहुँमा एक जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर विनोदबिन्दु शर्माले जानकारी दिए।
गण्डकी प्रदेशबाट ४९ जना निको भएर घर फर्किएका छन्। एक संक्रमितको मृत्यु भएको छ।
थप जानकारीका लागि हेर्नुस् डा.शर्माले आइतबार बिहान जारी गरेको प्रेस विज्ञप्ति :


प्रतिक्रिया