आज (बिहीबार) राति देशका केही ठाउँमा निकै ठूलो वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाका अनुसार यतिबेला पनि देशको धेरै स्थानमा वर्षा भइरहेको छ।
आजै राति प्रदेश १, २, बागमती, गण्डकी र ५ नम्बर प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षा हुने सम्भावना छ। साथै यिनै प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले अघि साँझ प्रकाशन गरेको बुलेटिनमा उल्लेख छ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श दिँदै महाशाखाले भनेको छः
ती क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएका ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।
यस्तै भारी वर्षाका कारण देशका विभिन्न खोला/नदीमा बाढी आउन सक्ने भन्दै बाढी पूर्वानुमान महाशाखाले पनि नदी तटीय क्षेत्रका बासिन्दालाई सजग रहन आग्रह गरेको छ।
असार ११,साँझ ७ बजे
सँलग्न चित्रको रातो भागले आज बेलुका ६ बजे देखि २४ घण्टा सम्म साना नदीमा पूर्वानुमानमा आधारित रहि बाढीको जोखिम रहेका स्थानलाई संकेत गर्दछ।अर्को २४ घण्टा प्रदेश १ र २ को तराईको भु-भागमा मध्यम देखि भारी बर्षा भई साना नदीमा #आकस्मिक बहाव को #उच्च जोखिम हुने देखाउँछ pic.twitter.com/l3JHm7wPCj
दार्चुला जिल्ला प्रशासन कार्यालयले जारी गरेकाे याे सूचना पनि हेराैँ:


प्रतिक्रिया