समाज


अमेरिकामा दुई करोड मानिसमा कोरोना संक्रमण भइसकेको अनुमान

 अमेरिकामा दुई करोड मानिसमा कोरोना संक्रमण भइसकेको अनुमान

नेपालखबर
असार १२, २०७७ शुक्रबार १:४१,

अमेरिकामा कम्तीमा दुई करोड मानिसमा कोरोना भाइरस संक्रमण भइसकेको अनुमान गरिएको छ।

बिबिसीका अनुसार अमेरिकाका स्वास्थ्य अधिकारीहरुले कम्तिमा दुई करोड मानिसमा कोरोना संक्रमण भइसकेको अनुमान गरेका हुन्।

सेन्टर्स फर डिजिजेज् कन्ट्रोल (सीडीसी)ले संक्रमितको वास्तविक सङ्ख्या अहिले पुष्टि भएको भन्दा १० गुणा बढी हुनसक्ने जनाएको छ।

सङ्क्रमित र अस्पताल भर्ना हुनेको सङ्ख्या बढेपछि टेक्सस राज्यले लकडाउन पूर्ण रूपमा खुला गर्ने आफ्नो योजनालाई स्थगित गरेकै बेला यस्तो अनुमान बाहिर आएको हो।

अमेरिकामा संसारकै सबैभन्दा बढी २४ लाख जनामा सङ्क्रमण देखिएको छ। त्यहाँ हालसम्म एक लाख २२ हजार ३ सय ७० जनाको ज्यान गइसकेको छ।

केही दिनदेखि दक्षिणी र पश्चिमी राज्यमा सर्वाधिक सङ्क्रमण भएको विवरण सार्वजनिक भएका छन्।

वाशिङ्गटन विश्वविद्यालयले आगामी अक्टोबरसम्ममा १ लाख ८० हजारको कोरोना संक्रमणबाट मृत्यु हुने अनुमान गरेको छ। तर ९५ प्रतिशत अमेरिकीहरूले मास्क लगाए त्यो सङ्ख्या १ लाख ४६ हजार मात्र हुने विश्व विद्यालयको दाबी छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad