समाज


पानी परेपछि सलहको जोखिम कम हुने

पानी परेपछि सलहको जोखिम कम हुने

नेपालखबर
असार १७, २०७७ बुधबार ५:४१,

अफ्रिकी मुलुकबाट पाकिस्तान, भारत हुँदै केही दिनअघि नेपालको तराईका जिल्लामा देखापरेको सलह मंगलबार काठमाडौँमै देखिए पनि प्रभाव कम हुने जनाइएको छ।

गत शनिबार रुपन्देही, सिन्धुली, चितवनलगायत जिल्लामा सलह देखा परेको थियो। सलह वर्षा भएपछि मर्ने कृषिविद्ले बताएका छन्।

वरिष्ठ कृषिविज्ञ डा केदार बुढाथोकीका अनुसार सलहको सङ्ख्या लाखौँ वा करोडौँको परिमाणमा हुन्छ। ‘काठमाडौँमा देखा परेको सलहको झुण्ड ठूलो होइन’, डा बूढाथोकीले भने।

नेपालमा मनसुन शुरु भइसकेकाले यसको प्रभाव कम हुने अनुमान गरिएको छ। पूर्वी दिशाबाट पश्चिमतिर बहेको हावासँगै सलह पनि पश्चिमतिर सर्ने अनुमान मौसम तथा जलवायु महाशाखाले गरेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad