खेल


मेस्सी ७०० गोल गर्ने सातौं खेलाडी बने तर ला लिगा उपाधिमा बार्सालाई धक्का

मेस्सी ७०० गोल गर्ने सातौं खेलाडी बने तर ला लिगा उपाधिमा बार्सालाई धक्का

नेपालखबर
असार १७, २०७७ बुधबार ६:२१,

यस अगाडिसम्म विश्वमा ७ सय गोल पुरा गर्ने खेलाडी विश्वमा ६ जना मात्र थिए।

मंगलबार राति ला लिगामा बार्साका मेस्सीले एथ्लेटिको मड्रिडविरुद्ध एक गोल गरेसँगै उनी ७ सय गोल गर्ने सातौं खेलाडी पनि बनेका छन्।

मेस्सीले देश र क्लब बार्सिलोनामा ७ सय गोल पुरा गरेको बीबीसीले जनाएको छ।

मेस्सीले एथ्लेटिकोविरुद्ध गोल गरेर व्यक्तिगत रुपमा ठूलो सफलता हात पारेपनि बार्सालाई ला लिगाको उपाधि यात्रामा भने धक्का लागेको छ।

बार्साले मंगलबार राति एथ्लेटिकोसँग २–२ को बराबरी खेलेको हो। बराबरी खेलेसँगै ला लिगामा ३३ खेलबाट ७० अंक जोडेको बार्सा लिगको दोस्रो स्थानमा छ।

तर बार्साभन्दा एक खेल कम खेलेको रियल मड्रिड लिगमा ७१ अंकसहित शीर्ष स्थानमा छ। मंगलबारको खेल जितेको भए बार्सा शीर्ष स्थानमा उक्लने थियो।

आगामी खेल मड्रिडले जिते मड्रिड बराबरी खेलमै बार्साभन्दा ४ अंकले अगाडि हुनेछ। हारेको खण्डमा पनि मड्रिड शीर्ष स्थानमै रहनेछ।

हालसम्म ७ सय गोल पुरा गर्ने खेलाडीहरु

१. जोसेफ बिकानः चेक–अस्ट्रियन खेलाडी जोसेफले सन् १९३१ देखि १९५५ सम्ममा क्लब र देशका खेलमा ८ सय ५ गोल गरेका थिए।

२. रोमारियोः ब्राजिलका खेलाडी रोमारियोले सन् १९८५ देखि २००७ सम्ममा क्लब र देशका लागि ७ सय ७२ गोल गरेका थिए।

३. पेलेः ब्राजिलका पेलेले सन् १९५७ देखि १९७७ सम्मा क्लब र देशका लागि ७६७ गोल पुरा गरे।

४. फेरेन्क पुस्कसः हंगेरिका उनले क्लब र देशका लागि सन् १९४३ देखि १९६६ सम्ममा ७४६ गोल पुरा गरेका थिए।

५. जर्ड मुलरः जर्मनीका उनले क्लब र देशका लागि सन् १९६२ देखि १९८१ सम्ममा ७३५ गोल गरेका थिए।

६. क्रिस्टियानो रोनाल्डोः सन् २००२ देखि हालसम्म पोर्चुगलका खेलाडी रोनाल्डोले क्लब र देशका लागि ७२६ गोल पुरा गरेका छन्।

७. लियोनल मेस्सीः अर्जेन्टिनाका मेस्सीले सन् २००५ देखि हालसम्म ७ सय गोल गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad