सिरहामा पाँच लाख घुसको रकमसहित मेयरका छोरासहित दुईजना अख्तियारको फन्दामा परेका छन्।
सिरहाको कल्याणपुर नगरपालिकाका मेयर सूर्यनाथ मण्डलका छोरा सन्त मण्डल र मेयरका सहयोगी स्थानीय जितेन्द्र महतो पाँचलाख रुपैयाँ घुससहित अख्तियारको फन्दामा परेका हुन्।
नगरपालिकाले सम्पन्न गरेको डीपीआरको भुक्तानी दिन सेवाग्रहीसँग ५ लाख रुपैँया घुस लिइरहेको अवस्थामा दुबै जनालाई लहान नगरपालिका वडा नम्बर २२ स्थित राजदेवी चोकबाट पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय बर्दिबासले जनाएको छ।
कार्यालयका अनुसार मेयर मण्डलले कमिसन लिन छोरालाई पठाएका थिए।
मेयर मण्डलले पाँच लाख कमिसन मागेको विशेष सूचनाका आधारमा अख्तियारको टोली त्यहाँ पुगेको थियो। नगरपालिकाले डीपीआर गर्न २० लाखमा सम्झौता गरेको थियो।
पक्राउ परेका सन्त र जितेन्द्रलाई बर्दिवास कार्यालयमा राखेर थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।
Shares

प्रतिक्रिया