प्रदेश २ सरकारले विभिन्न घटनाका तीन मृतकका परिवारलाई पाँच/पाँच लाख रुपैयाँ राहत प्रदान गरेको छ।
लकडाउनका कारण मुलुकमा प्रवेश गर्न नपाई जटही नाकामा ज्यान गुमाउने सहिद नगर नपा ९का बिरेन्द्र गुरमैता यादव, प्रहरी हिरासतमा मृत्यु भएका सबैला नपा १२का शम्भु सदा र आइसोलेसनमा मृत्यु भएका हंसपुर नपाको राजु सदाको परिवार लाई मुख्यमन्त्री लाल राउतले पाँच÷पाँच लाखको चेक हस्तान्तरण गरेका छन्।

मुख्यमन्त्री राउत सहितको टोली तीन वटै पीडित परिवारको घरमै पुगेर चेक हस्तान्तरण गरेका छन्।
उक्त अवसरमा मुख्यमन्त्री राउतले पीडित परिवारप्रति समवेदना ब्यक्त गर्दै प्रदेश सरकारले क्षमता अनुसारको सहयोग उपलब्ध गराएको बताए। साथै घटनामा दोषी देखिएकाहरु माथि कारबाहीको लागि प्रदेश सरकारले हर सम्भव प्रयास गर्ने प्रतिवद्धता समेत उनले जनाए।
उक्त अवसरमा प्रदेश सभासदस्य राम आशिष यादव, मुख्य न्यायाधिब्क्ता दीपेन्द्र झा, जसपा नेता पशुपति यादव, बरुण यादवसहितको उपस्थिति रहेको थियो।

Shares

प्रतिक्रिया