समाज


घुस लिँदै गर्दा रंगेहात पक्राउ परेपछि वाग्मती प्रदेशका ४ प्रहरी निलम्बित

घुस लिँदै गर्दा रंगेहात पक्राउ परेपछि वाग्मती प्रदेशका ४ प्रहरी निलम्बित

नेपालखबर
साउन १६, २०७७ शुक्रबार ५:३६,

प्रहरीको आचरण र अनुशासनविपरीत काम गरेको अभियोगमा वाग्मती प्रदेश प्रहरी कार्यालय (हेटौंडा) ले एक प्रहरी हवल्दारसहित तीन प्रहरीलाई निलम्बन गरेको छ।

कार्यालयका अनुसार सेवाग्राहीसँग घुस लिँदै गर्दा रंगेहात पक्राउ परेपछि ४ प्रहरी निलम्बनमा परेका हुन्। यसअघि सेवाग्राहीसँग १२ हजार रुपैयाँ घुस लिएको आरोपमा प्रहरी निरीक्षक रामबालक राय यादवलाई कारबाही गरिएको थियो।

निलम्बनमा पर्नेमा जिल्ला प्रहरी कार्यालय रामनगरमा कार्यरत प्रहरी हवल्दार प्रकाश जैशी, प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगरमा कार्यरत प्रहरी जवान योगेन्द्र मल्ल, इलाका प्रहरी कार्यालय मनहरिमा कार्यरत प्रहरी जवान अजय महतो र ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी जवान लक्ष्मणकुमार महतो छन्।

प्रहरीको विशेष टोलीले उनीहरुलाई सवारी चालकसँग घुस लिइरहेको अवस्थामा नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाएको हो। प्रदेश प्रहरी कार्यालयका प्रहरी नायक उपरीक्षक विज्ञान बस्नेतको संयोजकत्वमा ३ सदस्यीय छानबिन समितिसमेत गठन गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीको कामलाई पारदर्शी र अनुशासित बनाउन विशेष अभियान सुरु गरेको कार्यालयका नायब महानिरीक्षक वसन्त लामाले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad