भारतमा एकैदिन ५५ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन्।
पछिल्लो २४ घण्टामा भारतमा ५५ हजार ७८ जना नयाँ संक्रमित थपिएका हुन्।
भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार योसँगै भारतमा कोरोना संक्रमितको संख्या १६ लाख ३८ हजार ८७० पुगेको छ।
अहिलेसम्म भारतमा १० लाख ५७ हजार ८०५ जना संक्रमित निको भइसकेका छन्। पछिल्लो २४ घण्टामा ३७ हजार २२३ जना संक्रमित निको भएका छन्। भारतमा कोरोना निको हुनेको प्रतिशत बढेर ६४.५४ पुगेको छ।
कोरोनाका कारण भारतमा अहिलेसम्म ३५ हजार ७४७ जनाको मृत्यु भइसकेको छ भने पछिल्लो २४ घण्टामा ७७९ जनाको मृत्यु भएको छ।
भारतमा बिहीबारसम्ममा १ करोड ८८ लाख ३२ हजार ९७० जनाको नमूना परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
3
Shares

प्रतिक्रिया