८८ वर्षका लि मान–हीलाई प्रहरीले अनुसन्धानको लागि गिरफ्तार गरेको बीबीसीले जनाएको छ।
यस चर्चबाट सुरुवात भएको कोरोना संक्रमण पछि देशव्यापी बनेको थियो। यस चर्चका ५ हजार सदस्यमा कोरोना संक्रमण भएको थियो जुन कोरियामा पुष्टि भएका पुरा संक्रमित संख्याको ३६ प्रतिशत हो।

लि मान–हीमाथि चर्चमा कोरोनाको अनुसन्धान गर्न असहयोग गरेको आरोप लागेको छ। साथै उनले कन्ट्र्याक्ट ट्रेसिङ अनुसन्धानमा सूचनाहरु लुकाएको पनि बताइएको छ।
कोरियामा हालसम्म १४ हजार ३३६ मा कोरोना पुष्टि भएको छ। संक्रमितमध्ये ३ सयको मृत्यु भएको छभने १३ हजारभन्दा बढी उपचारपछि स्वस्थ बनेका छन्।

प्रतिक्रिया