समाज


डब्लूएचओले कोरोनाविरुद्ध अचूक औषधि कहिले नबन्न पनि सक्छ भन्नुको कारण के हो?

डब्लूएचओले कोरोनाविरुद्ध अचूक औषधि कहिले नबन्न पनि सक्छ भन्नुको कारण के हो?

नेपालखबर
साउन २०, २०७७ मंगलबार २:३७,

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का प्रमुख डा. टेड्रोस एडहानम गेब्रियससले कोरोनाविरुद्ध खोप आउने आशा त छ तर अहिलेसम्म यसको कुनै अचूक औषधि बनिसकेको छैन र सायद कहिले नबन्न पनि सक्छ भनेका छन्।

उनले यसअघि पनि धेरैपटक कोरोना भाइरस कहिले निर्मूल नहुन पनि सक्ने भएकाले योसँगै बाँच्न सिक्नुपर्छ भनिसकेका छन्। उनले यो पनि भनिसकेका छन् कि कोरोना एकदमै फरक किसिमको भाइरस हो, यसले आफ्नो रूप परिवर्तन गरिरहन्छ। अनि यसलाई मौसम परिवर्तनले पनि कुनै असर पार्दैन किनकि यो मौसमी फ्लु होइन।

तसर्थ यसबाट बच्न शारीरिक दूरी कायम गर्ने, राम्रोसँग साबुनपानी हात धुने तथा मास्क लगाउनेजस्ता नियम पालना गर्न विश्वका मानिसलाई डा. टेड्रोसको सुझाव छ।

उनले भनेका छन्, ‘धेरैवटा खोप तेस्रो चरणको परीक्षणमा छन् र हामीलाई आशा छ, कुनै एउटा खोप कोरोना संक्रमणबाट मानिसलाई बचाउन प्रभावकारी हुनेछ। तर अहिलेसम्म यसको कुनै अचूक औषधि पत्ता लागिसकेको छैन र कहिले पत्ता नलाग्ने सम्भावना पनि उत्तिकै छ। यसर्थ हामीले कोरोना परीक्षण, आइसोलेसन र मास्कका माध्यमबाट कोरोना रोक्ने काम जारी राख्न जरुरी छ।’

साथै उनले जुन आमालाई कोरोना संक्रमणको आशंका छ वा पुष्टि भएको छ, उनलाई स्तपान गराउन रोक लगाउन आवश्यक छैन।

डा.टेड्रोसले यसअघि जुन महिनामा पनि भनेका थिए, ‘हामीलाई थाहा छ कि ठूलो मान्छेको तुलनामा बच्चालाई कोरोनाको जोखिम कम हुन्छ। तर बच्चालाई अन्य त्यस्ता धेरै रोगको जोखिम हुन सक्छ, जसलाई स्तनपानबाट रोक्न सकिन्छ। डब्लूएचओ प्रमाणका आधारमा के सल्लाह दिन्छ भने बच्चालाई कोरोनाको जोखिमभन्दा स्तनपानको फाइदा बढी छ।’ एजेन्सी

याे पनिविश्व स्वास्थ्य संगठन भन्छ : कोरोनाविरुद्ध पक्का औषधि कहिले पत्ता नलाग्न पनि सक्छ!

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad