समाज


उपचार अभावमा सुत्केरीको मृत्यु

उपचार अभावमा सुत्केरीको मृत्यु

नेपालखबर
साउन २०, २०७७ मंगलबार २:४६,

जाजरकोटको कुशे गाउँपालिका-५ बाटुलेकी २७ वर्षीया पशुपति पुनको सुत्केरी भएको ६ घण्टापछि उपचार अभावमा मृत्यु भएको छ।

सोमबार बिहान छोरा जन्माएकी पुनको सालनाल खस्न ढिलो हुँदा ज्यान गएको हो। बिहान ४ बजे सुत्केरी भएकी पुनलाई ढिलो गरी स्थानीय मेडिकलमा लगेर सालनाल निकालिएको थियो। सालनाल निकालेलगत्तै बेहोस भएपछि उनको मृत्यु भएको जाजरकोटका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक किशोरकुमार श्रेष्ठले जानकारी दिए।

पुनले यसअघि दुई छोरीलाई जन्म दिइसकेकी थिइन्। शारीरिक अवस्था कमजोर र शरीरमा रगतको कमी भएका कारण उनको मृत्यु भएको श्रीमान् अमृत पुनले बताए। नवजात शिशुको अवस्था भने सामान्य छ।

त्यस्तै डोल्पामा रहेको मामा घर जान हिँडेकी बारेकोट गाउँपालिका-९ सक्लाकी २२ वर्षीया टीका बिसी नलगाड नगरपालिका-५ गेडेनीमा ढुङ्गा लाग्दा घाइते भएकी छिन्।

घाइते बिसीलाई बारेकोट गाउँपालिकाको दुई लाख ७५ हजार सहयोगमा हेलिकोप्टरबाट उपचारका लागि सुर्खेतस्थित प्रदेश अस्पतालमा लगिएको छ। घाइते बिसीको अवस्था गम्भीर भएको दल्लीस्थित नगर अस्पताल जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad