समाज


कोरोना अपडेट : ब्राजिल, अमेरिका र भारतमा संक्रमण र मृत्युदर उच्च

कोरोना अपडेट : ब्राजिल, अमेरिका र भारतमा संक्रमण र मृत्युदर उच्च

नेपालखबर
साउन २१, २०७७ बुधबार १:२,

विश्वमा कोरोना भाइरसको संक्रमण र मृत्युदरमा कमी आउन सकेको छैन। पछिल्लो २४ घण्टामा विश्वभर दुई लाख ४६ हजार एक सय ८५ जनामा संक्रमण पुष्टि भएको छ।

विश्वमा हाल ब्राजिल, अमेरिका र भारतमा कोरोना संक्रमण र मृत्युदर उच्च छ।

पछिल्लो २४ घण्टामा सबैभन्दा बढी ब्राजिलमा ५६ हजार चार सय ११, अमेरिकामा ५४ हजार एक सय ४७ र भारतमा ५१ हजार दुई सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

मृत्युदर पनि ब्राजिल, अमेरिका र भारतमै उच्च छ।

पछिल्लो २४ घण्टामा संक्रमणको कारण ब्राजिलमा एक हजार तीन सय ९४, अमेरिकामा एक हजार तीन सय ४४ र भारतमा आठ सय ४९ जनाले ज्यान गुमाएका छन्।

पछिल्लो २४ घण्टामा विश्वभर संक्रमणको कारण ६ हजार ५२ जनाले ज्यान गुमाएका छन्। योसँगै अहिलेसम्म विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या सात लाख तीन हजार एक सय ३५ पुगेको वर्ल्डओमिटरमा उल्लेख छ। यो बुधबार बिहान साढे ६ बजेसम्मको तथ्यांक हो।

अहिलेसम्म विश्वभर संक्रमतिको संख्या एक करोड ८६ लाख ८३ हजार पाँच सय ७३ पुगेको छ।

संक्रमणको कारण अहिलेसम्म सबैभन्दा धेरै अमेरिकामा एक लाख ६० हजार भन्दा धेरै, ब्राजिलमा ९६ हजारभन्दा धेरै, मेक्सिकोमा ४८ हजार, बेलायतमा ४६ हजार भन्दा धेरै, भारतमा झण्डै ४० हजारको मृत्यु भइसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad