समाज


अन्त्यष्टि गरेको दुई दिनपछि सप्तरीका एक युवाको कोरोना रिपोर्ट पोजेटिभ

अन्त्यष्टि गरेको दुई दिनपछि सप्तरीका एक युवाको कोरोना रिपोर्ट पोजेटिभ

नेपालखबर
भदौ ४, २०७७ बिहिबार २:३३,

दुई दिनअघि नै ज्यान गुमाएका सप्तरीका एक युवाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ।

मंगलबार धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएका सप्तरीको राजविराज नगरपालिका ४ का २८ वर्षीय युवाको कारोना रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ।

ज्वरोसहित सास फेर्न समस्या देखिएपछि सुरुमा उनलाई उपचारको लागि राजविराजस्थित छिन्नमस्ता अस्पताल लगिएको थियो। अवस्था गम्भीर बनेपछि छिन्नमस्ताले मंगलबार दिउँसो उनलाई धरानमा रेफर गरेको थियो।

धरान पुर्याएलगत्तै उनको मृत्यु भएको आफन्तले बताएका छन्। मृत्युपछि स्वाब परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएको हो। बुधबार राति उनको रिपोर्ट आएको छ।

उनको मंगलबारै अन्तिम संस्कार गरिएको छ। योसँगै सप्तरीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad