काभ्रेको बनेपा नगरपालिका ३ तीनघरेमा घाँस काट्न गएकी एक महिला पहिरोमा बेपत्ता भएकी छन्।
इलाका प्रहरी कार्यालय बनेपाका अनुसार अन्दाजी ५५ वर्षीया मैंया बजगाइँ बिहीबार दिउँसो घाँस काट्न जाने क्रममा माथिबाट खसेको पहिरोमा परेर बेपत्ता भएकी हुन्। उनको खोजीमा नेपाली सेना र प्रहरीको टोली खटिएको भए पनि अझै फेला पार्न नसकिएको प्रहरीले जनाएको छ।
हराईरहेकी बजगाइँको खोजी कार्यका लागि स्थानीयबासीन्दा र सुरक्षाकर्मीको टोली खटिएका वडाध्यक्ष कृष्णप्रसाद दाहालले जानकारी दिए। कांक्रेबाट घाँस काट्न तीनघरे भन्ने ठाउँमा पुग्दा उनलाई पहिरोले पुरेको हो। रासस

प्रतिक्रिया