पोखराकी ३२ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।
कोरोना संक्रमणपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत कोभिड–१९ उपचार केन्द्रको आईसीयूमा उपचाररत ती महिलाको बिहीबार बिहान ८ बजे मृत्यु भएको प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिएका छन्।
पोखरा महानगरपालिका–११ निवासी ती महिला कोरोना संक्रमण पुष्टि भएपछि यही भदौ ७ गते अस्पतालमा भर्ना भएकी थिइन्।
योसँगै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५ पुगेको छ।


प्रतिक्रिया