लियोनल मेस्सीले बार्सिलोना छाड्ने निर्णय गरेपछि इंग्ल्याण्ड पुगेका उनका बुबाले म्यानचेस्टर सिटीसँग कुराकानी अघि बढाउने भएका छन।
मेस्सीले मंगलबार नै क्लबलाई आफूलाई क्लब छाड्ने मार्गप्रशस्त गरिदिन पत्र लेखिसकेका छन। मेस्सीले बार्सिलोना छाडेपछि उनलाई भित्र्याउन म्यानचेस्टर सिटी पहिले देखि नै इच्छुक थियो।
यो पनि: बार्सिलोनाबाट बिदा हुन लागेका मेस्सीका १० उत्कृष्ट क्षण
द सनको रिपोर्ट अनुसार मेस्सीका बुबा जोर्गी मेस्सी सिटीसँग अनुबद्धबारे छलफलका लागि इंग्ल्याण्ड उत्रिएका छन। पत्रिकाका अनुसार सिटीसँग मेस्सीको दुईवर्षका लागि सम्झौता हुनसक्ने सम्भावनाबारे छलफल जारी छ।
सिटीका कार्यकारी प्रमुखले फेरेन सोरियानोले मेस्सीलाई भित्र्याउन आफूहरु सक्षम रहेको बताएका छन। उनले मेस्सीको ट्रान्सफर फीसँगै ठूलो बजेटको पारिश्रमिक तीर्न आफूलाई समस्या नहुने बताएका छन।

प्रतिक्रिया