समाज


ताइवानमा चंगाले ३ वर्षकी बालिका उडाएपछि...(भिडियो)

ताइवानमा चंगाले ३ वर्षकी बालिका उडाएपछि...(भिडियो)

नेपालखबर
भदौ १५, २०७७ सोमबार १०:३७,

तर आइतबारको चंगा फेस्टिबल रमाइलो हुँदैगर्दा डरलाग्दो हुनपुग्यो।

राजधानी ताइपेइको सिन्चु शहरमा आयोजना भएको चंगा फेस्टिबलमा एउटा ठूलो चंगाले ३ वर्षकी बालिलाई उडाएपछि फेस्टिबलमा ठूलो हलचल मच्चिएको थियो।

सार्वजनिक भिडियोमा देखिएअनुसार ठूलो चंगा उडाइँदा पुच्छरले बालिकालाई सँगै उडाउँछ। मानिसहरु भिडियोमा अत्तालिएको देखिएको छ।

ठूलो चंगाको पुच्छरमा अड्किएकी बालिका झन्डै ३० सेकेन्ड हावामै उडिरहन्छिन्। केहीबेरमै उनलाई भुँइमा झारिन्छ र उद्धार गरिन्छ।

उनले कसरी पुच्छर अठ्याइन् अथवा उनी कसरी पुच्छरमा पुगिन भनेर हाल सबै चकित बनेका छन्।

यस घटनामा बालिका सामान्य घाइते मात्र भएको बताइएको छ। हाल उनी अस्पतालबाट डिस्चार्ज भएर घर फर्किसकिन्। एजेन्सी

(भिडियो)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad