दोलखाको तामाकोशी गाउँपालिका–७ हावाबाट गोरू काटेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा जिरी नगरपालिका–९ खोल्मे बस्ने ३१ वर्षीय पोस बहादुर तामाङ र अर्का एक जना छन्। उनीहरुलाई प्रहरीले आइतबार साँझ पक्राउ गरेको हो।
उनीहरुले सोही ठाउँस्थित बारीमा गोरू काटिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी छौँडेबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
6
Shares

प्रतिक्रिया