समाज


कीर्तिपुरको आयुर्वेद तालिम केन्द्रमा संक्रमित कैदीबन्दीलाई राखिने

कीर्तिपुरको आयुर्वेद तालिम केन्द्रमा संक्रमित कैदीबन्दीलाई राखिने

नेपालखबर
भदौ १७, २०७७ बुधबार १३:४५,

सरकारले कोरोना संक्रमित कैदीलाई राख्नका लागि छुट्टै आइसोलेसन स्थान तोकेको छ।

गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाका अनुसार काठमाडौं उपत्यकाका संक्रमित कैदीबन्दीलाई राख्नका लागि कीर्तिपुरस्थित आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रलाई तोकिएको हो।

यस्तै केन्द्रीय कारागारमा रहेको घरेलु तालिम केन्द्रको कारखानालाई पनि आइसोलेसनको रुपमा प्रयोग गर्न निर्देशन दिइएको गृह प्रवक्ता बुढाले बताए।

कारागारमा थप संक्रमणको जोखिम हनु नदिन रोकथाम र संक्रमितको उपचारको लागि हरसम्भव प्रयास गर्न प्रहरी प्रधान कार्यालय, सबै जिल्ला प्रशासन कार्यायल र निर्देशन दिइसकिएको गृह मन्त्रालयले जनाएको छ।

बिरामी भएका कैदीबन्दीलाई सकेसम्म कारागारकै स्वास्थ्यकर्मीबाट उपचारको व्यवस्था मिलाउन भनिएको छ।

यस्तै उपचारबाट फर्किएपछि पनि अन्य कैदीसँग नमिसाउन र कारगार परिसरमा छुट्टै बस्ने व्यवस्था मिलाउन गृह मन्त्रालयले निर्देशन दिएको छ।

हालसम्म देशभर ११८ जना कैदीमा कोरोना संक्रमण भएको छ। ४९ जना निको भइसकेको र अन्यको उपचार भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad