समाज


पत्रकार बानियाँको परिवारलाई अमेरिकावासी नेपालीको सहयोग

पत्रकार बानियाँको परिवारलाई अमेरिकावासी नेपालीको सहयोग

नेपालखबर
भदौ २३, २०७७ मंगलबार १४:१४,

केही समय पहिले ज्यान गुमाएका पत्रकार बलराम बानियाँको परिवारलाई अमेरिकावासी नेपालीले आर्थिक सहयोग गरेका छन्।

अमेरिकाको न्युयोर्कबाट राधाकृष्ण देउजाको पहलमा संकलन गरेर साढे तीन लाख रुपैयाँ बानियाँकी छोरी सुस्मीतालाई हस्तान्तरण गरिएको छ।

करिब एकसाता गोफण्ड मार्फत संकलन गरिएको ३ लाख ५७ हजार १ सय ६७ रुपैयाँ मंगलबार हस्तान्तरण गरिएको हो।

पत्रकार बानियाँको पेशागत इमान्दारिताको सम्मान र सम्झनामा सुरु गरिएको अभियानमा ३ हजार ५० डलर ९७ सेन्टरस जम्मा भएपछि अभियान बन्द गरिएको देउजाले बताए।
बानियाँका छोरा छोरीको शिक्षामा आर्थिक समस्या भए थप सहयोग गर्ने समेत प्रतिबद्धता गरेका छन्।

‘म उहाँ र उहाँको परिवारलाई व्यक्तिगत रुपमा चिन्दिन तर इमानदार पत्रकारको रुपमा उहाँका समाचारको म नियमित पाठक थिए, उहाँ दिवंगत भएपछि परिवारजनलाई केही सहयोग गर्नुपर्छ भनेर आर्थिक संकलन गरेको हुँ’, अभियन्ता देउजाले भने ‘भविष्यमा छोरा छोरीको शिक्षा दिक्षामा आर्थिक कारणले अवरोध आए त्यसमा पनि सकेको सहयोग जुटाउने छु।’

काभ्रे घर भएर अमेरिका बस्दै आएका देउजा विभिन्न सामाजिक काममा सक्रिय छन्।

सहयोग हस्तान्तरणका क्रममा पत्रकार बाँनियाकी छोरी सुस्मीताले बुबाको मृत्यु बारे निस्पक्ष छानबिनको माग गरिन्। घटना क्रमले बुबाको हत्या नै भएको आशंका गर्दै उनले निस्पक्ष छानबिनमा सहयोग गर्न पत्रकार र राज्यका निकायलाई आग्रह गरिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad