महोत्तरीमा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ।
प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा शुक्रबार महोत्तरीको मनरासिसबा नगरपालिका बथनाहाका ६५ वर्षीय पुरुषको मृत्यु भएको हो। उच्च रक्तचापका दीर्घरोगी ती व्यक्तिलाई श्वासप्रश्वासमा समस्या र ज्वरो आएपछि उपचारको लागि गरेको भदौ १९ गते प्रादेशिक अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो।
भेन्टिलेटरमा राखेर उपचार भइरहेका ती पुरुषको शुक्रबार बिहान मृत्यु भएको प्रदेश २ समाजिक विकास मन्त्रालयका जनस्वास्थ्य प्रशाशक विजय झाले जानकारी दिए। उनलाई उपचारको लागि ल्याएपछि स्वाब परिीक्षण गर्दा कोरोना पुष्टि भएको थियो।
यो सँगै महोत्तरीमा कोरोनाबाट मृत्युु हुनेको संख्या १२ पुगेको छ।

प्रतिक्रिया