समाज


उपचार खर्च तिर्न नसक्दा हस्पिटलमा बन्धक बनेकी सुत्केरीको चार दिनपछि उद्धार

उपचार खर्च तिर्न नसक्दा हस्पिटलमा बन्धक बनेकी सुत्केरीको चार दिनपछि उद्धार

शैलेन्द्र महतो
भदौ २६, २०७७ शुक्रबार १४:५४,

उपचार खर्च तिर्न नसक्दा जनकपुरको एक निजी हस्पिटलमा एक प्रसुतिलाई चारदिन बन्धक बन्नु परेको छ। जनकपुरधाम स्थित चन्द्रकला अस्पताल एण्ड रिसर्च सेन्टरमा सर्लाही लालबन्दी नगरपालिका–५ की कुसुम पासवान चारदिन बन्धक बनेकी हुन्।

व्यथा लागेपछि गएको भदौ १६ गते कुसुम अस्पताल भर्ना भएकी थिइन्। सल्यक्रिया गरी छोरा जन्म दिएकी कुसुमलाई २२ गते नै अस्पतालले डिस्चार्ज गरेको थियो। तर अस्पताललाई ३५ हजार रुपैयाँ उपचार खर्च बुझाउन नसक्दा ४ दिनदेखि बन्धक बनेकी थिइन्।

अस्पताल प्रशासनले उनलाई जनरल वार्डमा राखेर घर जानबाट बञ्चित गरेको थियो। कुसुमकी श्रीमान रबिन्द्रले आफन्त र गाउँमा अस्पताललाई तिर्नु पर्ने पैसा खोजेपनि व्यवस्था गर्न सकेका थिएनन्। लकडाउनको कारण देखाएर ऋण नपाउँदा अस्पतालमा ४ दिनदेखि घेरिएको रबिन्द्रले बताए।

sutkeri-bandhak1.jpg

उपचार खर्च बुझाउन नसक्दा आमा र शिशु अस्पतालमा घेरिएको जानकारी पाएपछि सर्लाहीबाट निर्वाचित प्रदेश सांसद बेची लुंगेलीले महिला सञ्जालको सहयोगमा पैसा संकलन गरी शुक्रबार उद्धार गरेकी हुन्।

शुक्रबार बिहान चिया खान भेला भएका साथीहरुबाट ३३ हजार नगद संकलन गरी अस्पताल र औषधिको पैसा भुक्तानी गरेर महिलाको उद्धार गरेको प्रदेश सांसद लुंगेलीले जानकारी दिइन्।

चन्दा संकलन गरी कुसुमको उद्धार गर्न आउँदा अस्पताले ३५ हजार शुल्क मध्ये १५ हजार छुट गरेको महिला अधिकारकर्मी शारदा वान्तावाले जानकारी दिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad