सन् २०१४ मा हत्या अभियोग लागेर १० वर्ष जेल चलान भएका ती अमेरिकी सेनालाई ६ वर्षमै जेलमुक्त गरिएको हो।
डुटेर्तेले स्कट पामबेर्टन नाम गरेका अमेरिकी सेनाको आचरण राम्रो भएकाले उनलाई माफी दिएको बताएका थिए।
गतहप्ता माफी पाएका पामबेर्टनलाई आइतबार अमेरिका फर्काइएको छ।

पामबेर्टनलाई माफी दिनु अनुचित भएको भन्दै फिलिपिन्समा विरोध सुरु भएसँगै उनको सुरक्षाको लागि उनलाई अमेरिका फर्काएको बताइएको छ।
अधिकारीहरुका अनुसार पामबेर्टनलाई फिलिपिन्सका लागि आजीवन प्रतिबन्ध लगाइएको छ।
सैन्य अभ्यासका लागि पामबेर्टन सन् २०१४ मा फिलिपिन्स पुगेका थिए।
एक महिलासँग उनले यौन सम्पर्क गर्न चाहेका थिए। तर ट्रान्सजेन्डर महिलाको यौनअंग पुरुषको भेटेपछि पामबेर्टनले ती महिलाको हत्या गरेको प्रहरीको भनाइ छ। एजेन्सी
3
Shares

प्रतिक्रिया