डा.गोविन्द केसीलाई महाराजस्थित त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको छ।
ट्रमा सेन्टरबाट स्वेच्छिक डिस्चार्ज लिएलगत्तै उनलाई शिक्षण अस्पताल पुर्याइएको हो।
चिकित्सा शिक्षा सुधारको माग राख्दै जुम्लामा अनशनरत केसीलाई मंगलबार मात्र काठमाडौं ल्याइएको हो।
पहिले नै शिक्षण अस्पताल जान खोजेका उनलाई प्रहरीले जबर्जस्ती ट्रमा सेन्टर पुर्याएको थियो।
शिक्षण अस्पतलमा नलगेसम्म कुनै परीक्षण र उपचार गर्न नदिने अडान लिएपछि उनलाई शिक्षण अस्पताल सारिएको हो।

प्रतिक्रिया