खेल


बार्सिलोना एट्लेटिको मड्रिडलाई सुआरेज बेच्न सहमत

बार्सिलोना एट्लेटिको मड्रिडलाई सुआरेज बेच्न सहमत

नेपालखबर
असोज ७, २०७७ बुधबार ०:३०,

बार्सिलोना ला लिगा प्रतिद्वन्द्वी क्लब एट्लेटिको मड्रिडलाई आफ्ना फरवार्ड लुइस सुआरेज बेच्न तयार भएको छ।

सुआरेज आफै पनि बार्सिलोना बस्न चहादैँन थिए। मड्रिडमा जाने भएसँगै सुआरेजको ६ बर्षे बार्सिलोनाको करिअर पनि अन्त्य भएको छ।

पासपोर्टमा समस्या देखिएपछि सुआरेजको यूभेन्ट्स जाने इच्छा अधुरो रहेको थियो। त्यसपछि उनी न्यून तलबमा एट्लेटिको जान तयार भएका हुन।

एट्लेटिकोले सुुआरेजका लागि न्यूनतम ४ मिलियन यूरोभन्दा बढी रकम उनका लागि नतिर्ने भएको छ।

बार्सामा ६ वर्ष बिताउँदा सुआरेजले २८३ खेल खेल्दै १९८ गोल गरे।

२०१४ मा उनी लिभरपुलबाट ७४ मिलियन पाउण्डमा बार्सिलोनासँग अनुबन्ध भएका थिए। 

बार्सिलोनामा उनले चार च्याम्पियन्स लिग र चार कोपा डेल रेको उपाधि जिते। यस्तै उनले २०१५ मा च्याम्पियन्स लिग र क्लब विश्वकपको उपाधि पनि बार्सिलोनाबाट जिते।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad