समाज


रौतहटमा ‘बलात्कार गरी’ हत्या गरिएकी किशोरीको शव थप अनुसन्धानपछि मात्र उठाइने

रौतहटमा ‘बलात्कार गरी’ हत्या गरिएकी किशोरीको शव थप अनुसन्धानपछि मात्र उठाइने

शैलेन्द्र महतो
असोज १६, २०७७ शुक्रबार १६:५२,

रौतहटमा घाँस लिन गएको बेला बलात्कार गरी हत्या गरिएकी किशोरी संझा साहको शव भोलि मात्रै घटनास्थलबाट उठाइने भएको छ।

प्रहरी कार्यालय जनकपुरबाट तालिमप्राप्त कुकुरसहितको टोलि भोलि बिहानै पुगेर घटनास्थलको अनुसन्धान गरेपछि मात्र मृतक किशोरीको शव पोस्टमार्टमको लागि लगिने रौतहटका प्रहरी उपरीक्षक सिद्धिविक्रम साहले जानकारी दिए।

‘भोलि बिहानै ६ बजे डगटोलि आएर घटनास्थलको अनुसन्धान गरेपछि मात्र किशारीको शवलाई पोस्टमार्टमको लागि लग्छौं। तवसम्म रातभरि हामी घटनास्थलमै हुन्छौं,’ प्रहरी उपरीक्षक साहले नेपालखबरसंग भने।

रौतहटको गढीमाई नगरपालिका १ बस्ने सिताराम साहकी १६ वर्षीया छोरी संझा साहको वृन्दावन नगरपालिका ४ पल्टुवा टोलस्थित वागमती नहरको छेउमा रहेको उँखुमा शुक्रबार साँझ नग्न अवस्थामा मृत फेला परेकी छन्। उनलाई कसैले बलात्कार गरी हत्या गरेको हुनसक्ने आशंका गरिएको छ।

वृन्दावन नगरपालिका ४ स्थित मामा घरमा बस्दै आएकी संझा शुक्रबार बिहान करिब ९ बजे घाँसको लागि निस्केकी थिइन्।

दिउँसोसम्म घर नपुग्दा घरपरिवारले उनको खोजखबर गर्दा समेत फेला परेकी थिइनन्।

अपराहन्न ४ बजे बाख्रा चराउन गएका स्थानीयले किशोरीको शव नग्न अवस्थामा देखेपछि सबैलाई खबर गरेका थिए।

घाँस लिन घरबाट निस्केकी किशोरीलाई कसैले अपहरण गरी बलात्कार गरेर हत्या गरेको हुन सक्ने आशंका गरिएको वृन्दावन नगरपालिका ४ का वडाध्यक्ष श्याम यादवले बताए।

उनका अनुसार घटनास्थल किशोरीको मामाघरदेखि झण्डै ५ सय मिटर र पल्टुवाटोलदेखि करिब एक सय मिटरको दूरीमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad