इन्जेक्समार्फत् ट्रम्पमा रेमडिसिभिर प्रयोग गरिएको ह्वाइट हाउसका फिजिसिएन सिन कोनलीले बताएको सिन्ह्वाले जनाएको छ।
कोनली भन्छन्,‘म्यारिल्यान्डस्थित वाल्टर रिड नेस्नल मिलिटेरी मेडिकल सेन्टरमा उपचाररत ट्रम्पलाई रमडिसिभिरको पहिलो डोज प्रदान गरिएको छ। उहाँ अहिले आरामसँग बसिरहनु भएको छ।’
ट्रम्पको अवस्था सामान्य भएको र उनलाई कुनै अक्सिजनको खाँचो नभएको बताइएको छ। ट्रम्पसँगै फर्स्ट लेडी मलेनियामा पनि कोरोना पुष्टि भएपछि उनी सोही अस्पतालमा भर्ना भएकी छिन्।

ट्रम्पमा प्रयोग गरिएको भनिएको रेमडिसिभर औषधि हेपटाइटिस रोगलाई लक्षित गर्दै बनाइएको थियो। तर त्यसमा सफल हुन नसकेपछि इबोला भाइरसको लागि पनि यसलाई परीक्षण गरिएको थियो।
यस खोप कोरोनाबाट गम्भीर बिरामी परेकामा प्रयोग गर्दै आइएको छ। यस खोप परीक्षणका लागि अमेरिका, भारत, सिंगापुर, जापान, अस्ट्रेलिया तथा युरोपेली यूनियनका सदस्य राष्ट्रहरुलाई अनुमति दिइएको छ।

प्रतिक्रिया