समाज


कोरोना भाइरस विवादबीच चिनियाँ राष्ट्रपतिद्वारा ट्रम्प दम्पत्तिलाई स्वास्थ्य लाभको कामना

कोरोना भाइरस विवादबीच चिनियाँ राष्ट्रपतिद्वारा ट्रम्प दम्पत्तिलाई स्वास्थ्य लाभको कामना

नेपालखबर
असोज १७, २०७७ शनिबार १०:४५,

हालैमात्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनकी श्रीमती फर्स्ट लेडी मलेनिया ट्रम्पमा कोरोना पुष्टि भएको थियो।

अहिले दुवैको अस्पतालमा उपचार भइरहेको छ। यसबीचमा चिनियाँ राष्ट्रपति सीले ट्रम्प दम्पत्तिलाई स्वास्थ्य लाभको कामना गरेका हुन्।

हाल अमेरिका र चीनबीच कोरोना भाइरसको विषयलाई लिएर विवाद छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्रसंघको महासभामै कोरोना भाइरस विश्वभर फैलनुमा चीन जिम्मेवार हुनुपर्ने बताएका थिए।

ट्रम्पले चीनले जानाजान विश्वभर यस भाइरस फैलन दिएको आरोप लगाएका छन्। चीनले भने अमेरिकी अरोपहरुको खण्डन गर्दै आएको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad