समाज


भक्तपुरमा कोरोना संक्रमितको संख्या ५५ सय ९६ पुग्यो, मृत्युदर १.२३ प्रतिशत

भक्तपुरमा कोरोना संक्रमितको संख्या ५५ सय ९६ पुग्यो, मृत्युदर १.२३ प्रतिशत

नेपालखबर
कात्तिक १४, २०७७ शुक्रबार ६:४०,

भक्तपुरमा कोरोना भाइरस संक्रमण र मृत्यु दर दैनिक बढ्दै गइरहेको छ। जिल्लामा आज बिहानसम्ममा कोरोना भाइरस संक्रमितको संख्या पाँच हजार ५ सय नाघेको छ।

जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार जिल्लामा तीन हजार १७५ पुरुष र दुई हजार ४२१ महिला गरी कोरोना भाइरस संक्रमितको संख्या पाँच हजार ५९६ जना पुगेको छ।

त्यसै गरी जिल्लामा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ६९ पुगेको छ। बुधबार र बिहीबार मात्रै भक्तपुरमा भाइरसकै कारण पाँच जनाको ज्यान गएको छ। छाला र मिर्गौला रोगको बिरामी कैलाली गौरीगंगा नगरपालिका–४ की २८ वर्षीया महिलाको कोरोना संक्रमणका कारण बिहीबार साँझ भक्तपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको अस्पतालकी मेडिकल सुपरिटेन्डेण्ट डा सुमित्रा गौतमले जानकारी दिए।

कोरोना संक्रमण पुष्टिपछि कात्तिक ३ गते भक्तपुर अस्पताल भर्ना भई उपचार गराइरहेकी महिला र भक्तपुर नगरपालिका–१ का ७९ वर्षीय पुरुषको पनि कोरोना संक्रमणका कारण बिहीबार साँझ मृत्यु भएको हो।

स्वास्थ्य समस्याका कारण असोज २३ मा भर्ना भएका पुरुषमा कोरोना संक्रमण पुष्टि भई उपचारकै क्रममा मृत्यु भएको डा. गौतमले जानकारी दिए।

त्यस्तै कात्तिक ४ गते कोरोना संक्रमण पुष्टि भई करुणा अस्पताल बूढानीलकण्ठमा उपचाररत मधुमेहका बिरामी भक्तपुर नगरपालिका–३ बाराहीस्थानका ५६ वर्षीय पुरुषको पनि बिहीबार नै मृत्यु भएको स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले जानकारी दिए।

भक्तपुरमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुने दर समग्र नेपालको दोब्बर भन्दा बढी रहेको उनले जानकारी दिए। कोरोना संक्रमणबाट नेपालको समग्र मृत्युदर ०.६ प्रतिशत रहेको अवस्थामा भक्तपुरमा भने बिहीबारसम्म संक्रमणबाट मृत्यु हुने दर १.२३ प्रतिशत रहेको उनको भनाइ छ।

त्यसैगरी कोरोना भाइरस संक्रमितको निको हुने दर भने भक्तपुरमा ६७.३३ प्रतिशत छ। बिहीबारसम्म दुई हजार ८१ पुरुष र एक हजार ६१८ महिला गरी तीन हजार ६९९ संक्रमित निको भएर घर गएको कार्यालय प्रमुख मिजारले जानकारी दिए।

भक्तपुरमा हाल एकहजार ४७ पुरुष र ७८१ महिला गरी एक हजार ८२८ सक्रिय संक्रमित रहेका छन्। सक्रिय संक्रमितमध्ये २२२ पुरुष १३१ महिला गरी ३५३ अस्पताललगायतको आइसोलेसनमा तथा ९७५ पुरुष र ७७२ महिला गरी एक हजार ७४७ अर्थात ८३.१९ प्रतिशत होम आइसोलेसनमा रहेको बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad