सुनसरीको इटहरीमा महिलालाई जबरजस्ति करणी गरेर भागेका व्यक्ति पक्राउ परेका छन्। इटहरी ५ का ३६ वर्षीय सुमन चौधरीलाई सुनसरी प्रहरीले ९ वर्षपछि पक्राउ गरेको हो।
उनले सार्वजनिक बाटोमा २५ वर्षीया महिलालाई जबरजस्ति करणी गरेको आरोपमा अदालतले दोषि ठहर गरेको छ। जबरजस्ति करणीपछि महिलाको ५७ हजार ५ सय रुपैयाँ समेत लुटेको आरोप छ।
उनलाई सुनसरी जिल्ला अदालतले १० वर्ष कैदको फैसला गरेको छ। पक्राउ परेका चौधरीलाई फैसला कार्यन्वयनका लागि सोमबार नै अदालतमा बुझाइएको प्रहरीले जनाएको छ।
3
Shares

प्रतिक्रिया