समाज


बिहानै गुल्मीमा जिप पल्टिँदा ५ जनाको मृत्यु

बिहानै गुल्मीमा जिप पल्टिँदा ५ जनाको मृत्यु

नेपालखबर
मंसिर १२, २०७७ शुक्रबार ३:४,

गुल्मीको इस्मा गाउँपालिका ४ दोहलीमा आज (शुक्रबार) बिहान जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। दुर्घटनामा तीन जना घाइते भएका छन्।

दुर्घटनामा एक महिला र चार पुरुषको घटनास्थलमै मृत्यु भएको गुल्मीका प्रहरी प्रमुख एसपी प्रविणलाल श्रेष्ठले जानकारी दिए।

‘इस्मा ४ दोहलीको हुल भन्ने ठाउँबाट तम्घासका लागि छुटेको लु १ ज ११६६ नम्बरको जिप बिहान साढे सात बजे दुर्घटनामा परेको हो,’ एसपी श्रेष्ठले नेपालखबरसँग भने, ‘दुर्घटनापछि चालकलाई नियन्त्रणमा लिएका छौँ, उनी सकुशल छन्।’

दुर्घटना इस्मा गाउँपालिका ४ का ६५ वर्षीय डम्बर हितान, ३३ वर्षीय शिव दर्लामी, ३० वर्षीय वसन्त दर्लामी, ३३ वर्षीय धनबहादुर अछामी र गुल्मीकै मालिका गाउँपालिका ५ का ८० वर्षीया सुन्दरी थापाको मृत्यु भएको इस्मा प्रहरीचौकी इन्चार्ज मोहनलाल अधिकारीले जानकारी दिए।

दुर्घटनामा सोही ठाउँका १९ वर्षीय फर्सुराम थापा, २८ वर्षीय सरस्वति दर्लामी र जीपका सहचाक २५ वर्षीय कमल हितान घाइते भएका छन्। चालक बुद्ध बस्नेत भने सकुशल रहेका एसपी श्रेष्ठले जानकारी दिए। घाइतेहरुलाई उपचारको लागि गुल्मी अस्पताल लगिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad