राजनीति


कोरोना संक्रमणका कारण सुडानमा पूर्व प्रधानमन्त्रीको मृत्यु

कोरोना संक्रमणका कारण सुडानमा पूर्व प्रधानमन्त्रीको मृत्यु

नेपालखबर
मंसिर १२, २०७७ शुक्रबार २:४०,

कोरोना संक्रमणको कारण सुडानका पूर्व प्रधानमन्त्री तथा प्रतिपक्षी दलका वरिष्ठ नेता सादिक अल मेहदीको मृत्यु भएको छ।

८४ वर्षीय मेहदीको कोरोना संक्रमणको कारण बिहीबार मृत्यु भएको उनको दलले पुष्टि गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्। मेहदी सुडानमा प्रजातान्त्रिक प्रक्रियाबाट निर्वाचित भएका अन्तिम प्रधानमन्त्री थिए।

केही समयअघि इस्लामिक धार्मिक समूहको समर्थन रहेको सैन्य विद्रोहमार्फत पदच्युत गरिएका तत्कालिन राष्ट्रपति ओमार अल बसिरले सन् १९८९ मा वर्खास्त गरेपछि मेहदीले सुडानको राजनीतिमा प्रजातान्त्रिक मूल्य र मान्यताका लागि निरन्तर आवाज उठाउँदै आएका थिए।

आफ्ना नेताको कोरोना संक्रमणको कारण मृत्यु भएको भन्दै मेहदीको पार्टीले दुःख व्यक्त गर्दै विज्ञप्ति जारी गरेको छ। ‘नेता मेहदीको मृत्युका कारण शोकमा परेका सुडानी जनताप्रति हाम्रो समवेदना छ,’ विज्ञप्तिमा भनिएको छ।

मेहदीले बसिरको शासनकालमा एक सशक्त प्रतिपक्षी नेताका रूपमा सुडानमा प्रजातान्त्रिक राजनीतिक अभ्यासका लागि संघर्ष गर्दै आएका थिए। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad