समाज


१४ वर्षीया किशोरीले शिशु जन्माएपछि बलात्कारको घटना सार्वजनिक, २९ वर्षीय युवक पक्राउ

 १४ वर्षीया किशोरीले शिशु जन्माएपछि बलात्कारको घटना सार्वजनिक, २९ वर्षीय युवक पक्राउ

नेपालखबर
मंसिर १७, २०७७ बुधबार १:१५,

बलात्कारपछि ओखलढुंगाकी १४ वर्षीया एक किशोरीले बच्चा जन्माएकी छन्।

चम्पादेवी गाउँपालिका- २ की १४ वर्षीया किशोरीले १३ मंसिरमा बच्चा जन्माएपछि उनी बलात्कृत भएको खुलेको हो।

आफूलाई गाउँकै २९ वर्षीय वीरबहादुर मगरले बलात्कार गरेको बयान किशोरीले दिएकी छिन्। किशोरीको आरोपपछि मंगलबार मगरलाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक शिव कट्टेलले जानकारी दिए।

मगरले आफूलाई गएको फागुन २८ गते जबर्जस्ती करणी गरेको बयान किशोरीले दिएकी छन्। 

किशोरीले रामेछापको मन्थलीस्थित तामाकोशी अस्पतालमा शिशुलाई जन्म दिएकी हुन्। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अभिभावकले उपचारको लागि अस्पताल लगेका थिए।

१० महिनासम्म घटना लुकाएकी किशोरीले बच्चा जन्माएपछि मात्रै आफू बलात्कृत भएको बताएकी प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad