समाज


प्रहरी हत्याका अभियुक्त कारागार चलान

प्रहरी हत्याका अभियुक्त कारागार चलान

नेपालखबर
मंसिर १७, २०७७ बुधबार १२:५८,

धनगढी उपमहानगरपालिकाको जुगेडास्थित प्रहरी पोष्टका प्रहरी सहायक निरीक्षक र प्रहरी जवान हत्याको अभियोगमा पक्राउ परेका आठ जनालाई पुर्पक्षका लागि कैलाली कारागार चलान गरिएको छ।

जिल्ला अदालत कैलालीमा भएको थुनछेक बहसपछि पक्राउ परेकालाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले जानकारी दिए।

हत्या आरोपमा पक्राउ परेका धनगढी उपमहानगरपालिका– १० का राजेन्द्र राना, पर्कु भन्ने रोहित राना, गब्बर भन्ने राजकुमार राना, सुरेश राना, रामनिवास राना, टल्लु भन्ने दलराम राना, गोपाल भन्ने रामगोपाल राना र रोहित राना रहेका छन्।

गएको कात्तिक १ गते रातिको समयमा सीमा क्षेत्रमा गस्ती गरिरहेको अवस्थामा बेपत्ता भएका उक्त पोष्टका प्रसनी गोविन्द विक र प्रज रामबहादुर साउदको हत्या गरिएको थियो।

बेपत्ता प्रहरीको खोजी गर्दै जाँदा जुगेडा नजिकैको नेपाल–भारत सीमा क्षेत्रको मोहना नदीमा हत्या गरिएको अवस्थामा दुवै जनाको शव फेला परेको थियो। सीमा क्षेत्रमा भइरहेको मटरको तस्करी नियन्त्रण गर्ने क्रममा प्रहरीको हत्या गरिएको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad