समाज


संयुक्त राष्ट्र संघमा नेपालले पनि गर्‍यो गाँजालाई लागुऔषधको सूचीबाट हटाउने पक्षमा मतदान

संयुक्त राष्ट्र संघमा नेपालले पनि गर्‍यो गाँजालाई लागुऔषधको सूचीबाट हटाउने पक्षमा मतदान

नेपालखबर
मंसिर १८, २०७७ बिहिबार १२:२,

नेपालले गाँजालाई कडा प्रकृतिको लागुऔषधको सूचीबाट हटाउने पक्षमा मतदान गरेको छ।

संयुक्त राष्ट्र संघको लागुऔषध तथा अपराध नियन्त्रणसम्बन्धी निकायको बुधबार भएको बैठकमा नेपालसहित २७ देशले गाँजालाई कडा लागुऔषधको सूचीबाट हटाउने निर्णयको पक्षमा मतदान गरेको हो।

भियनास्थित नेपालको स्थायी नियोगका राजदूत प्रकाशकुमार सुवेदीले ट्विट गर्दै नेपालले गाँजालाई कडा लागुऔषधको सूचीबाट हटाउने निर्णयको पक्षमा मतदान गरेको बताएका छन्।

’नेपालले पनि गाँजाको व्यापार र गाँजाजन्य औषधि र वैज्ञानिक प्रयोगका खुकुलो बनाउने पक्षमा मतदान गरेको छ’ ट्विट गर्दै सुबेदीले भनेका छन्, ‘तर लागुऔषधको रुपमा प्रयोग हुने विषयमा भने सबै प्रकारको नियन्त्रणको उपायहरुलाई निरन्तरा दिइने छ।’

राष्ट्र संघको लागू औषध तथा अपराध हेर्ने निकायको लागू औषधसम्बन्धी वार्षिक बैठकमा भएको मतदानमा गाँजालाई कडा प्रकृतिको लागुऔषधको सूचीबाट हटाउने पक्षमा २७ र विपक्षमा २५ मत परेको थियो। एक देशले भने मतदानमा भाग लिएको थिएन्।

यो मतदानसँगै गाँजा ५९ वर्षपछि राष्ट्र संघको लागुऔषधसम्बन्धी अभिसन्धिको चौथो सूचीबाट बाहिरिने भएको छ। नेपालले सो अभिसन्धिमा हस्ताक्षर गरे पनि २०३३ सालबाट गाँजालाई कडा लागू औषधको सूचीमा राखेको थियो।

पाे पनि : संयुक्त राष्ट्र संघले गाँजालाई कडा प्रकृतिको लागुऔषधको सूचीबाट हटायो

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad