कोरोना संक्रमणको कारण अमेरिकामा एकै दिन अहिलेसम्मकै धेरैको मृत्यु भएको छ।
अमेरिकी अधिकारीहरूले दिएको जानकारीअनुसार अमेरिकामा बुधबार तीन हजार १५७ जनाको मृत्यु भएको हो। अमेरिकामा कोरोनाबाट एकैदिन मृत्यु भएकाहरूको यो संख्या अहिलेसम्मकै धेरै हो।
यसअघि गत अप्रिल १५ मा अमेरिकामा एकैदिन २ हजार ६०३ जनाको मृत्यु भएको थियो। बुधबार त्यसको २० प्रतिशत बढी मृत्यु भएको पनि अधिकारीहरुले जानकारी दिएका छन्।
अमेरिकामा कोरोनाका कारण अहिलेसम्म दुई लाख ७३ हजार ८३६ जनाको मृत्यु भइसकेको छ भने एक करोड ३९ लाखभन्दा बढी संक्रमित भएका छन्।
जोन हप्किङ्स विश्वविद्यालयले दिएको जानकारीअनुसार झण्डै एक लाख जना सङ्क्रमित अझै पनि अस्पतालमा छन्। ऐजेन्सी

प्रतिक्रिया