समाज


झापाको बिर्तामोडस्थित नमस्ते प्लाइउड उद्योगमा आगलागी

झापाको बिर्तामोडस्थित नमस्ते प्लाइउड उद्योगमा आगलागी

नेपालखबर
मंसिर १९, २०७७ शुक्रबार ५:२९,

झापामा एक प्लाइउड उद्योगमा आगलागी भएको छ।

शुुक्रबार बिहान बिर्तामोड नगरपालिका २ स्थित होमप्रसाद घिमिरेको नमस्ते प्लाइउर्ड उद्योगमा आगलागी भएको हो।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी राकेश थापाले विद्युत सर्ट भएर प्लाई उद्योगमा आगलागी भएको र अहिले आगो नियन्त्रणको प्रयास भइरहेको बताए।

namestepalai

घट्नास्थलमा ईलाका प्रहरी कार्यालय अनारमनी, प्रदेश १ बिपद ब्यवस्थापन गुल्म चन्द्रगढी र सशस्त्र बेश क्याम्प शनिश्चरेबाट संयुक्त प्रहरी टोलीले दमक, भद्रपुर र बिर्तामोडबाट दमकल ल्याएर आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको छ।

आगो नियन्त्रणमा आइनसकेकाले क्षतिको बिवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad