समाज


चारदिने ‘जाऔँ है पोखरा अभियान’ सुरु

चारदिने ‘जाऔँ है पोखरा अभियान’ सुरु

नेपालखबर
मंसिर २४, २०७७ बुधबार ८:१९,

सुस्ताएको पर्यटन चलायमान बनाउन पश्चिमाञ्चल होटल संघ पोखराले आजदेखि चारदिने ‘जाऔँ है पोखरा अभियान’ सुरु गरेको छ।

कोभिड–१९ को महामारीमा आन्तरिक पर्यटन प्रवद्र्धन गर्न संघले मंसिर २४ देखि २७ गतेसम्म चारदिने भ्रमण कार्यक्रमको सुरुआत गरिएको संघका अध्यक्ष विकल तुलाचनले जानकारी दिए।

जनकपुर, पर्सा, वीरगञ्ज, विराटनगर र चितवनलाई समेटिएको अभियानमा अन्र्तगत ती स्थानमा पत्रकार सम्मेलन, प्रदेशस्तरीय, स्थानीय सरकारी तथा गैरसरकारी र पर्यटन व्यवसायीलगायतका सरोकार पक्षसँग अन्तरक्रिया गरिने जनाइएको छ। पहिलो दिन वीरगञ्जमा स्थानीय सरकार, पत्रकार र पर्यटन व्यवसायीबीच अन्तक्रिया हुनेछ।

संघले १८ वर्षदेखि सो अभियान सुरु गर्दै आएको छ। कोरोनाले सुस्ताएको पर्यटनलाई जगाउनु नै मुख्य उद्देश्य भएको आन्तरिक पर्यटन पुनरोत्थान समिति गण्डकीका सहसंयोजकसमेत रहका तुलाचनले बताए।

अभियानका कार्यक्रममा होटल सञ्चालक, पर्यटन व्यवसायी, नेपाल पर्यटन बोर्डका प्रतिनिधि र पत्रकार सहभागिता रहनेछन्। संक्रमण जारी रहे पनि कोरोनासँगसँगै स्वास्थ्य सतर्कतासहित पर्यटन चलायमान बनाउनुको विकल्प नरहेकाले जाऔँ है पोखरा कार्यक्रमलाई निरन्तरता दिएको आयोजकले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad