पोखरामा एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार कोरोना संक्रमित पोखरा महानगरपालिका १७ की ७४ वर्षीया महिलाको शनिबार राति मृत्यु भएको हो।
मंसिर २६ गते कोरोना संक्रमण पुष्टि भएकी उनको मणिपाल शिक्षण अस्पतालमा उपचारकै क्रममा निधन भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १८३ पुगेको छ।
3
Shares

प्रतिक्रिया