फोटोफिचर


पोहोरको सहमति कार्यान्वयन गर्न माग गर्दै माइतीघरमा उखु किसानको प्रदर्शन (फोटोफिचर)


प्रविन कोइराला
मंसिर २८, २०७७ आइतबार ७:२१,

गत वर्ष पुस १८ गते उद्योग मन्त्रालयका सहसचिव दिनेश भट्टराईले उखु किसान संघर्ष समितिका सचिव सर्लाहीका किसान हरी श्याम रायसँग किसानहरुको भुक्तानी बक्यौता असुल गरिदिने भन्दै ५ बुँदे सहमति गरेका थिए।

त्यो सहमतिको एक वर्ष नाघ्यो तर उनीहरुले भुक्तानी पाएनन्। फेरि उही माग राख्दै सर्लाही, रौतहटलगायतका उखु किसान आइतबार माइतीघरमा विरोधमा उत्रिएका छन्। श्रम पसिनाको मूल्य पाऊँ, किसान मार्न पाइँदैन भन्ने प्लेकार्डसहित उनीहरुले बक्यौता भुक्तानी माग गर्दै आन्दोलनमा उत्रिएका हुन्। उनीहरुले ‘म कृषक त बन्न सकिन तर म कृषकको साथमा छु’ भन्नेहरुबाट पनि समर्थन पाएका छन्।

उनीहरुले ०७६ पौष १८को सरकारसँग भएको सम्झौता लागू गर्न माग गर्दै ब्यानर बोकेर विरोध गरेका हुन्। किसानको उत्पादन लिएर भुक्तानी नदिने उद्योगीलाई सरकारले कारबाही गर्न नसक्दा किसानहरु वर्षेनी आन्दोलनमा उत्रिनुपरेको हो।

Ukhu_kishan_1.jpg
Ukhu_kishan_2.jpg
Ukhu_kishan_3.jpg
Ukhu_kishan_4.jpg
Ukhu_kishan_5.jpg
Ukhu_kishan_7.jpg
Ukhu_kishan_8.jpg
Ukhu_kishan_9.jpg
Ukhu_kishan_intro_image_1.jpg

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad