समाज


नेपाल भित्रिन थाल्यो अरेबियन सागरको बादल, यस्तो छ ३ दिनको मौसम अनुमान

नेपाल भित्रिन थाल्यो अरेबियन सागरको बादल, यस्तो छ ३ दिनको मौसम अनुमान

नेपालखबर
पुस १, २०७७ बुधबार १:३५,

अहिले देशमा पश्चिमी वायुको आंशिक तथा अरेबियन सागरस्थित न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठका अनुसार अरेबियन सागरबाट आजदेखि थोरै थोरै बादल नेपाल भित्रिन थालेको हो।

‘यसको प्रभावले प्रदेश १, २ र बागमतीमा मौसम आंशिक बदली भएको छ,’ उनले नेपालखबरसँग भने, ‘वर्षा गराउने सम्भावना भने छैन।’

उनका अनुसार अहिले बिहान सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भेगमा हुस्सु लागेको छ। यो मध्याह्नसम्म रहने अनुमान गरिएको छ।

काठमाडौंको तापक्रम ४ डिग्री
काठमाडौं उपत्यकाको तापक्रम हिजोको तुलनामा आज (बुधबार) केही बढेको छ।

मौसमविद् समीर श्रेष्ठले बिहान ६:५४ बजे दिएको जानकारीअनुसार काठमाडौंको तापक्रम ४ डिग्री देखिएको हो। ‘केही अगाडिसम्म ३.४ डिग्री थियो अहिले ४ डिग्री छ,’ उनले भने।

हिजो (मंगलबार) यही समयतिर काठमाडौं उपत्यकाको तापक्रम ३ डिग्री सेल्सियस थियो।

मौसमविद्का अनुसार तापक्रम घट्दो क्रममै छ तर एक दुई डिग्री तल माथि भइरहन्छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

 पुस १ गते(बुधबार)

दिउँसो : प्रदेश नं १, प्रदेश २, तथा गण्डकी प्रदेशका भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ।

राती:  देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

पुस २ गते(बिहीबार)

दिउँसो : देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

राती:  देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

पुस ३ गते(शुक्रबार)

दिउँसो : देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

राती :  देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 

तराईका अधिकांश भूभागमा तथा पहाडका केही भूभागमा बिहानीपख हुस्सु तथा कुहिरोका कारण वायुको पारदर्शितामा कमी हुन गई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad