समाज


नेपाल वातावरण पत्रकार समूहको अध्यक्षमा कसमस विश्वकर्मा

नेपाल वातावरण पत्रकार समूहको अध्यक्षमा कसमस विश्वकर्मा

नेपालखबर
पुस ३, २०७७ शुक्रबार १४:१२,

नेपाल वातावरण पत्रकार समूह (नेफेज) को कसमस विश्वकर्माको अध्यक्षतामा दुई वर्षका लागि ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। कोभिड १९ महामारीका कारण भर्चुअल मिटिङ मार्फत ३५ औं साधारणसभा सम्पन्न गरेको हो।

शुक्रबार सम्पन्न साधारण सभाले अध्यक्ष विश्वकर्मासहित उपाध्यक्षमा चन्द्रशेखर कार्की, महासचिवमा निमेष रेग्मी, सचिवमा प्रगती ढकाल, कोषाध्यक्षमा सविन शर्मालाई चयन गरेको हो।

यसैगरी सदस्यमा महिलातर्फ सृष्टि काफ्ले र सुजाता कार्की, पुरुषतर्फ छेटु शेर्पा र रविन सायमीलाई चयन गरेको छ। विज्ञ सदस्यमा महिलातर्फ मधुदेवी घिमिरे र पुरुषतर्फ बटुकृष्ण उप्रेती चयन गरेको छ। यसैगरी लेखा समितिमा गोपाल तिवारीको संयोजकत्वमा सोमनाथ लामिछाने र रञ्जना पौडेल चयन गरिएको छ।

यसैगरी समूहले यस वर्षको वातावरण पत्रकारिता पुरस्कार आयोमेलमा कार्यरत पत्रकार यम बमलाई प्रदान गरेको छ। समूहका नवनिर्वाचित अध्यक्ष विश्वकर्माले उक्त पुरस्कार प्रदान गरे। नयाँ कार्यसमितिमा विज्ञ महिला सदस्य घिमिरे र महिला सदस्य सृष्टि काफ्लेबाहेक अन्य पदाधिकारी तथा सदस्य अघिल्लो कार्य समितिका सदस्य हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .