समाज


सम्पादकीय नै लेखिएपछि गम्भीर भएँ: स्वास्थ्यमन्त्री त्रिपाठी

सम्पादकीय नै लेखिएपछि गम्भीर भएँ: स्वास्थ्यमन्त्री त्रिपाठी

नेपालखबर
पुस २७, २०७७ सोमबार ११:२,

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीले सञ्चारमाध्यमले सम्पादकीयमा नै लेखेपछि खोप ल्याउने प्रक्रियामा आफू थप गम्भीर बनेको बताएका छन।

मन्त्रालयमा सोमबार आयोजित एक कार्यक्रममा उनले खोप ल्याउने आन्तरिक प्रक्रियामा तीव्रता दिइएको बताउँदै सञ्चारमाध्यमले सम्पादकीय नै लेखेर झकझकाएपछि आफू थप गम्भीर बनेको बताए।

‘सम्पादकीय लेखेपछि म गम्भीर भएँ। सायद जानकारी नभएर लेखिन पुग्यो होला वा हामीलाई झनै प्रेरित गर्न लेखियो होला,’ उनले भने, ‘हामीसँग २४ घण्टा हो। चाहेरपनि २५ घण्टा बनाउँन सकिदैँन। हामीले सबै समय यसैमा प्रयोग गर्दैछौं। खोपको विषयमा निश्चिन्त हुनुस् खोप ल्याउँन्छौं। पारदर्शी ढंगले ल्याउँछौ र न्यायपूर्ण ढंगले वितरण गर्छौ।’

मन्त्री त्रिपाठीले खोप ल्याउनका लागि विभिन्न सरकारसँग छलफल भइरहेको र चाँडै प्राप्त हुने विश्वास व्यक्त गरे।

‘जहाँजहाँ खोप बनेको छ त्यहाँका सरकारसँग निकटम सम्बन्ध राखेर खोप प्राप्तिका लागि अघि बढेका छौं,’ मन्त्री त्रिपाठीले भने, ‘मैले कार्यभार सम्हालेपछि खोपकै सन्दर्भमा रुस, भारत र यूएईको राजदूतसँग कुरा गरेको छु। मलाई विश्वास छ खोप लगाउँने सन्दर्भमा हामी छिमेकीभन्दा धेरैपछाडि हुने छैनौं।’

मन्त्री त्रिपाठीले स्वास्थ्यमन्त्रीको कार्यभार सम्हालेको १५ दिनमात्रै भएको छ। उनले आफ्नो पहिलो प्राथमिकता नै खोप प्राप्तिदेखि लगाउँनेसम्म खोप अभियान सञ्चालन गर्नु रहेको बताए।

त्रिपाठीले अहिले संक्रमणको दर घटेको देखिएपनि जोखिम नघटेकाले सबैलाई सतर्कता अपनाउँन आग्रह गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad