वेलायतको लन्डन शहरमा ६ वर्षका बालक ठूलो भवनको दशौं फ्लोरबाट फालिएका छन्।
दशौं फ्लोरबाट फालिए पनि ती बालक बाच्न सफल भएको बीबीसीले जनाएको छ।
टेट मोडर्न आर्ट ग्यालेरीको दशौं फ्लोरबाट फालिएका बालक पाँचौ फ्लोरको छानोमा अड्किएको अवस्थामा भेटिएका थिए।

बालक खसेकाे स्थान
एक प्रत्यक्षदर्शीका अनुसार बालक खस्दा ठूलो आवाज आएको थियो। केहीबेरपछि एक महिला आफ्नो छोरा हराएको भनेर कराउन थालेपछि बालक पाँचौ फ्लोरको छानामा अड्कीएको थाहा भएको हो।
यस घटनामा दोषी भएको आशंकामा एक १७ वर्षका किशोरलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ। ती किशोरले बालकलाई बालकोनीबाट फालेको हुनसक्ने आशंका गरिएको छ।
दशौं फ्लोरबाट पाँचौं फ्लोरको छानोमा बजारिए पनि ती बालकको अवस्था सामान्य रहेको प्रहरीले जनाएका छन्।

प्रतिक्रिया