समाज


ट्राफिक प्रहरीद्वारा चोरीका २४ वटा मोटरसाइकल बरामद

ट्राफिक प्रहरीद्वारा चोरीका २४ वटा मोटरसाइकल बरामद

नेपालखबर
माघ १२, २०७७ सोमबार १०:१७,

 महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका २४ मोटरसाइकलहरू खोजतलास गरी सम्बन्धित धनीलाई आज जिम्मा लगाएको छ।

महाशाखाले पीडित सहायता ईकाईबाट सादा पोसाकमा ट्राफिक प्रहरीको विशेष अप्रेशन टोली परिचालन गरी धमाधम पक्राउ गर्न थालेको हो।

दिनेश थापामगर, नबिन गुरुङ, सुरज गिरी, बिशाल राई, तिर्थप्रसाद भण्डारी, भरत थापा, अजय तुलाधर, शिवराम ढकाल, मन्दि पराई, ईश्वरी लामिछाने, सर्वज्ञ खड्का, बिधान राई, शंकरप्रसाद बाह्रकोटी, जितामित्र सुनार, छिरिङ तामाङ, नारायणप्रसाद राजथला, नुर्बु शेर्पा, ममता थापा, केशरबहादुर थापा, श्यामकुमार बिक, धालबहादुर कार्की, थानेश्वर पोखरेल, सुनिता प्याकुरेल र बिक्रम महर्जनलाई हराएको मोटरसाइकल महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जिम्मा लगाएका हुन्।

जथाभावी मोटरसाइकल पार्किङ गर्दा चोरी हुने गरेकाले सवारीसाधनमा अतिरिक्त लक प्रयोग गर्न, साईरनलगायतका उपकरण जडान गर्न मोटरसाइकल चालकहरुलाई प्रमुख भट्टराईले सुझाव दिए।

चोरी भएको थाहा पाउनसाथ ट्राफिक प्रहरीको हटलाई न. १०३वा अनलाइन सेवा मा लगईन गरेर निवेदन दिन सकिने व्यवस्था रहेको पनि उनले बताए।

ट्राफिक प्रहरीटोलीले उपत्यकाका सुर्खेत, पैयूटार, फनपार्क, ईमाडोल, थापाथली, तिनकुने, पाटन, ढुङ्गेधारा, पुरानोबानेश्वेर, सामाखुसी, ठमेल, टोखा, सुकेधारा, बसुन्धारा, दधिकोटभक्तपुर, कपन, बसुन्धारा, कोटेश्वार, धुम्बाराही, विशालनगर, सामाखुसी र किर्तिपुरलगायतका स्थानबाट हराएका मोटरसाइकलको खोजीगरी आजसम्बन्धित धनीलाई जिम्मा लगाएको हो।

महाशाखाले यस आव ०७७/०७८मा १९९वटा मोटरसाइकल अनुसन्धानको लागि ल्याएको छ भने चोरीमा संलग्न ३५ जना व्यक्तिहरूलाई पक्राउ गरी मुद्दासमेत चलाई सकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad