हाल उनीहरुको श्रीनगरस्थित ९२ बेस हस्पिटलमा उपचार भइरहेको एनडीटीभीले जनाएको छ।
भारतीय अधिकारीहरुका अनुसार आतंकवादीले बम आक्रमण गरेका हुन्।
यस घटनाको थप विवरण आउन बाँकी छ।
जम्मु–कास्मिरमा विशेषगरी पाकिस्तानस्थित आतंकवादी समूहले हिंसा मच्चाउँदै आएका छन्।
सन् २०१९ को फेब्रुअरी १४ मा जैस–ए मोहम्मद समूहले भारतीय सेना लक्षित आत्मघाती बम विस्फोट गराउँदा ४२ भारतीय सेनाको मृत्यु भएको थियो।
यस क्षेत्रकाे सीमानामा समेत दाेहाेरिँदै गाेलाबारी हुने गरेकाे छ।

प्रतिक्रिया