समाज


भारतको किसान आन्दोलनमा तरबार आक्रमणबाट प्रहरी घाइते, ४४ गिरफ्तार

भारतको किसान आन्दोलनमा तरबार आक्रमणबाट प्रहरी घाइते, ४४ गिरफ्तार

नेपालखबर
माघ १७, २०७७ शनिबार ७:२७,

सरकारले आफ्ना मुद्दा र मागलाई सम्बोधन नगरेको भन्दै किसानहरुले भारतका विभिन्न स्थानमा आन्दोलन चर्काइरहेका छन्।

शनिबार मात्र दिल्लीको सीमा सिंघु बोर्डरमा प्रहरी र किसानबीच झडप भएको बीबीसीहिन्दीले जनाएको छ।

सो झडपमा किसानले प्रहरीमाथि तरबार आक्रमण गरेका छन्। तरबार आक्रमणबाट अलिपुर थानाका एक प्रहरी घाइते भएको बताइएको छ।

सो क्रममा प्रहरीले ४४ जना किसानलाई गिरफ्तार गरेको बताइएको छ। उनीहरुमाथि दंगा भड्काउने र हत्या प्रयास गरेको आरोप लागेको छ।

गत मंगलबार भारतमा गणतन्त्र दिवस मनाइएको थियो। तर सो दिन पनि किसानले आन्दोलन गरेका थिए, ट्याक्टर र्याली निकालेका थिए।

सो दिन पनि झडप भएको थियो। त्यसदिन एक किसानको प्रहरीको गोली लागेर मृत्यु भएको थियो।

भारत सरकारले ल्याएको कृषिसम्बन्धी कानुनको विरोधमा त्यहाँ जारी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या हालसम्म् २० भन्दाबढी पुगेको छ।

नयाँ कानुनका कारण आफूहरु आफ्नो उत्पादन लागतभन्दा कम मूल्यमा बेच्न बाध्य हुने किसानहरुको भनाइ छ।

कानुनले कृषि उत्पादन खरिद गर्ने कर्पोरेट संस्थाहरुलाई बलियो बनाउने र किसानले आफ्नो अन्नको भाउ नपाउने उनीहरु बताउँछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad